मन गुरुङ्ग, १२ साउन, भीरकोट।
दुवै मिर्गौला फेल भै विगत दुइ बर्ष देखि पोखराको गण्डकी मेडिकल कलेजमा उपचारत लीलबहादुर गुरुङ्गलाई आर्थिक सहयोग प्रदान गरिएको छ। स्याङ्गजाको भिरकोट नगरपालिका वार्ड नम्बर ९ पन्चासेका ३३ बर्षीय लिलबहादुर गुरुङ्गलाई नगत ७० हजार प्रदान गरिएको हो।
पतला देवी युवा क्लब भीरकोट ८ पखेरेका युवा क्लबको संयोजकत्वमा आयोजना गरिएको मिर्गौला पिडित लिलबहादुर गुरुङ्ग बचाउ अभियानमा नमुना युवा क्लब रिप र नव प्रभात युवा क्लब चिलाउनेखर्कले सहयोग गरेको थियो।
दुइ बर्ष देखि प्रत्येक महिना डाइलसिस गर्दा अहिले सम्म सोह्र लाख भन्दा बढी रकम खर्च भै सकेको उनकी श्रीमती अनु गुरुङ्गले बताइन। ' यसरि डाइलसिस गरि रहँदा भोलि मेरो श्रीमान बाँच्ने वा नबाँच्ने निश्छित छैन, अझै कति पैसा खर्च हुने त्यो पनि थाहा छैन त्यसैले मिर्गौला प्रत्यारोपण गर्न चाहान्छु' उनले भनिन्।
यो रकम तिन गाउँ बाट मात्रै संकलन गरिएको हो। कार्यक्रममा बोल्दै नवप्रभात युवा क्लबका पूर्व अध्यक्ष प्रसुन मगरले मिर्गौला प्रत्यारोपणका लागि तिनै वटा क्लब सदैब तात्पर्य रहेको बताउदै आर्थिक संकलनका लागि देश विदेशमा आव्ह्वान गर्ने तथा विभिन्न कार्यक्रमहरुको आयोजना समेत गर्ने बताउनु भयो।