आउनुहोस्, खेल्नुहोस् अनि रु. ५० हजारको दाबेदारी बनेर जानुहोस्।

 
  प्रस्तुत बिषयमा यस श्री पतला देवी युवा परिवार द्वारा २०औं बार्षिक उत्सव एवं विजयादशमी तथा शुभ दिपावली २०७४को शुभ अवसरमा अन्तरक्लब (वडास्तरीय) पुरुष भलिबल प्रतियोगिताको साथमा विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको हुँदा तपसिलको मिति, समय र स्थानमा तपाइको क्लब मार्फत सहभागिताको निम्ति हार्दिक आमन्त्रण गर्दछौं।

कार्यक्रमः 
टिम दर्ता: हाम्रो आधिकारिक वेबसाइट www.pdycpakhere.org गरि आश्विन २१ गते सम्ममा टिम दर्ता गराई सक्नु पर्ने छ।
उद्घाटन मिर्ति: २०७४ आश्विन २२ गरे आइतबार।
समय: ११ बजे।
स्थान: पतला देवी युवा क्लबको खेल मैदानमा।
प्रवेश शुल्क :  ३,५००/-

पुरस्कारहरु
प्रथम पुरस्कार    :      नगद रु ५०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र
द्वित्तीय पुरस्कार  :      नगद रु ३२,०००/- ट्रफी, मेडल र प्रमाणपत्र
तृत्तीय पुरस्कार   :      नगद रु २२,०००/-  ट्रफी, मेडल र प्रमाणपत्र
चौंथो पुरस्कार    :      नगद रु १२, ०००/- ट्रफी, मेडल र प्रमाणपत्र
उत्कृष्ट पुरस्कार  :      कप, मेडल र प्रमाणपत्र साथै अनुशासित खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगीता सम्बन्धि पालाना गर्ने पर्ने नियमहरु 

  • टिमलाई पोल तरिका बाट खेलाइनेछ। 
  • भलिबल खेलाडि संख्या ७ जना, टिम कोच र टिम म्यानेजर गरि ९ जना हुनुपर्नेछ।  
  • सम्बन्धित संस्था भन्दा बाहिराको खेलाडीलाई समावेश गराउन पाइने छैन।  यदि समावेश गरिएको खण्डमा आयोजक कमिटी जुनसुकै बेला उक्त खेलाडीको पहिचान गरि खेल बाट निष्कासन गरिनेछ। 
  • खेलाडि साथीहरुले सकेसम्म आफ्नो तवारी पोशाक र क्लबको झन्डा सहित सहभागिता जनाएमा राम्रो मानिनेछ। 
  • खेल T.T. सिस्टम अनुसार (Best OF Five) मा खेलाइनेछ।  
  •  कुनै कारणवश या मौसम खराबिका कारण खेल रोकिन गएमा परिस्थिति अनुरुप खेल समय परिवर्तन गरिनेछ। 
  • प्रतियोगीता संग सम्बन्धित अन्य जानाकारिहरुका लागि क्लब परिवार संग सम्पर्क गर्न सक्नु हुने छ।  यदि खेल सम्बन्धि कुनै विवाद परेमा आयोजक कमिटीको निर्णय नै अन्तिम निर्णय हुनेछ। साथै आफ्नै खेलाडी साथी भएपनि नाम दर्ता नभएमा खेलमा समावेश गर्न पाइनेछैन।  
(नोट:  टाढाबाट पाल्नुहुने खेलाडी साथीहरुलाई खाना र बस्नको लागि कुपन सिस्टमको व्यबस्था गरिनेछ  साथै खेल उद्घाटन मितिमा सम्पूर्ण टिम अनिवार्य उपस्थित हुनुपर्नेछ।
वृस्तित जानकारीका लागि सम्पर्क नम्बर: ९८२४२३८३५९

भिडीयो हेर्नुहोस्