(मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी)
'समाज विकासमा जुटौं सारा, स्वरोजगारको निम्ति हाम्रो अभिभारा'
नयाँ जोश, नयाँ जाँगर अनि यो नयाँ दिनमा हामि निरन्तर उपस्थित छौँ नयाँ योजनाहरुको साथमा ।
'पतला देवी युवा क्लब' पखेरेका युवाहरु द्वारा सञ्चालित गैर-लाभका
री साझा युवा सञ्जाल हो भन्ने सबैलाई सर्वबिधितै।
यस क्लबले तपाइँ सम्पुर्ण गाउँबासी, इष्टमित्र, चेलिबेटी तथा समस्त देश विदेशमा रहनु भएका शुभचिन्तकहरुको सहयोग द्वारा गाउँ समाज निमार्णमा गतिलो पुलको काम गर्दै आएको छ। यस कार्यक्रमा तपाइको सहयोग नभएको भए हामि अधुरो हुन्थ्यौ, अपुरो हुन्थ्यौं।
हाल सम्म तपाइहरुको रगत पसिना बाट पाएको सहयोग हामीले कतै खेर जान दिएको छैनौं। विगतका दिनहरुमा हामीले गाउँ समाजका निम्ति दिएको योगदानहरुको खुला प्रमाणहरु छर्लंग उभि रहेको पनि सबैलाई अवगत नै छ।
अघिल्ला बर्षहरुमा हामीले गोरेटो बाटो देखि क्लब भवन तथा खेल मैदान निर्माण लगाएतका थुप्रै पुर्वाधारहरु तयार पार्यौं।
क्लबको २०औं बार्षिक उत्सवको सन्दर्भमा केहि मरिमार्जित परिष्कृत गर्दै अबको हाम्रो योजना 'समाज विकासमा जुटौं सारा, स्वरोजगारको निम्ति हाम्रो अभिभारा' भन्ने मूल नारा सहित अघि बढेको छ।
पछिल्लो समय अधिकांस युवाहरु विदेश पलायन हुने क्रम बढ्दो छ।
जसले सिङ्गो गाउलाई नै शुन्य-शुन्य हुन थालेको छ। सिङ्गो भेग उजाडीदै गएको छ। गाउँ घरमा कसैको निधन भए भने लाश उठाउनेको युवाको अभाब सम्म खड्किन पुगेको छ। अधिकांस खेत बारी बाँझै छन्। गाउ बृद्धवृद्धाहरु मात्रै अखडा बन्न पुगेको छ।
तसर्थ 'हराभरा पाखा र झिलिमिली गाउँ हामी आफै बनाउ' भन्ने उदेश्यले 'समाज विकासमा जुटौं सारा, स्वरोजगारको निम्ति हाम्रो अभिभारा' भन्ने मुल नारा सहित नयाँ कार्य योजनाको थालनी गर्दै उत्पादन मुलक कृषि क्रान्तिलाई अंगाल्ने भएका छौं।
यसका निम्ति पखेरेमा यातायात, बत्ती र पानी यी मुख्य चिजहरुको अब कुनै कमि छैन तर कृषि क्रान्तिको निम्ति पहिलो आवश्यक सिचाइको नै अभाव छ।
त्यसैले खड्किएका यी अभावाहरुलाई मेट्न अब क्लबले पृथक कार्यक्रमको थालनी गरेको छ।
यी अभाबहरुलाई मेट्दै हामी हाम्रो लक्षमा पुग्न सक्छौं। युवा विदेश पलायनलाई रोक्न सक्छौं भन्नेमा हामि विश्वस्त छौं तर तपाइको साथ र सहयोगको अत्यन्तै खाँचो छ।
विगतका बर्षहरुमा तपाइहरुले प्रदान गर्नु भएको सहयोग रकम हामि संग कोषमा सिंचित छन्।
आगामी कार्य योजनाहारुमा अत्यन्तै पारदर्शिता ति सिंचित धनलाई हामीले संचालनमा ल्याउने छौं।
आउनुहोस् यस क्लबलाई खुलेर सहयोग गर्नुहोस्। तपाइहरुले गर्नु भएको सहयोगलाई हामीले कतै खेर जान दिने छैनौं।
धन्यवाद
पतला देवी युवा क्लब
