गाउँलाई पर्यटकीय स्थल बनाउन पदमार्ग निर्माणमा जुटे स्थानीयबासी !

माधब पराजुली, पर्वत, २०७३ असार १७ ।
     गाउँ गाउँसम्म सानो सानो बाटो खन्न पनि डोजर र

स्काइभेटरजस्ता आधुनिक प्रविधि प्रयोग भइरहेको बेला पर्वतको बाच्छा गाबिसमा भने मानवीय श्रम प्रयोग गरी झण्डै चार किलोमिटर लामो पैदल मार्ग निर्माण हुँदैछ ।
गाउँलेहरुकै सक्रियतामा पैदल मार्ग निमार्ण समिति गठन गरि स्थानियले पैदल मार्ग निर्माण गर्ने काम आफैले जिम्मा लिई यहि असार देखि बाटोको ट्रयाक खोल्ने काम र ढुङ्गा छपाइ सुरू गरेका हुन् ।
तिब्र रुपमा अगाडी बढेको सीँडी निर्माण कार्यमा स्थानिय क्लब, आमा समुह जनता लगाएतले श्रमदान गरिरहेका छन ।

गाबिसका सबै वडामा सडक नपुगेकाले त्याहाँका मानिसलाई हिडँडुल गर्न सहजता होस भन्ने उद्देश्यका साथै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बच्छेश्वर कोट, भालु गुफा, गोर्लाङधाम लगाएतका पर्यटकीय स्थल ओझेलमा परेको भन्दै पछील्लो समय यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पैदल मार्ग निमार्ण गर्न लागिएको हो ।

पर्यटन विकास मन्त्रालय अन्तर्गत पर्यटन बोर्ड पश्चिम डिभिजन कार्यालय पोखराले उक्त मार्गको लागी १० लाख छुटाएको थियो । कालीगण्डकी नदिको किनारमा पर्ने गाईथुने देखि बाच्छा गाबिसको वडा नं. ६ मा अवस्थीत गोर्लाङको वन सम्मको ४ किमि लामो हुने उक्त बाटो बनाउन २० लाखको योजना बनेको छ । सिँढी बनाउन आवश्यक ढुङ्गा त्यही ठाउँबाट निकालिने र स्थानियले श्रमदान गर्ने हुनाले लागत खर्च थोरै हुने भएकाले अब बाँकी आर्थिक स्रोतको लागि बिभिन्न निकाय सगँ आवश्यक पहल गरिने पैदल मार्ग निमार्ण समितिका अध्यक्ष चन्द्र बहादुर गुरुङले बताए । उनका अनुसार बाटो स्टान्र्डर पैदल सिँढी सिमेन्ट र वालुवाको हुनुका साथै रेलिङ सहित निर्माण गरिने छ । उक्त गाबिसलाई कालिगण्डकी लोक मार्गले छोएको हुदाँ पैदल मार्ग व्यवस्थित भएपछि त्यहाँबाट दैनिक दाउरा र दूधलगायत कृषि उपज बजारीकरण गर्न केही सहज हुने भएपछि बाटो बनाउन उक्त गाबिसका जनता पनि सक्रियताका साथ लागिरहेका छन । सिढी मार्गले उक्त ठाउँको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने स्थानीय जनताले विश्वास व्यक्त गरेका छन् ।

गाबिसमा अवस्थित बच्छेश्वर कोटमा बिभिन्न समयमा भक्तजन हरुको घुईचो लाग्ने गर्छ । उक्त कोटमा पुजा अर्चना गरेमा मनोकांक्षा पुरा हुन्छ भन्ने जनबिश्वास छ भने ८ सय भन्दा बढी मानिसहर बस्न मिल्ने गरि फैलिएको भालु गुफामा प्राकृतिक रुपमा कुदिँएका देवाताकृति बिभिन्न जिव जन्तु तथा प्राकृतिक सङगित सुन्न सकिने स्थानिय प्रबिन गुरुङले बताए । गुफा र कोटको नजिकै पर्ने १५ सय उचाईमा रहेको गोर्लाङको वन करिब ४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । त्यहाँ बिभिन्न जनावरहरु तथा बिभिन्न प्रजातिका चराचुरुङगी र जटिबुटी पाईने गर्छ । उक्त ठाउँबाट धौलागीरी,माच्छापुच्छ्ररे,अन्नपुर्ण लगाएतका हिमालको दृश्यावलोकन गर्नसकिन्छ भने कालिगण्डकी नदी तथा देउरालीकोट देविस्थान जस्ता प्रसिद्ध धार्मीक स्थल देख्न सकिन्छ । करिब १५ सय मि.उचाईमा पर्ने उक्त ठाउँ हुदैँ सिढी मार्गले पार गर्नेछ । सो पैदलमार्गको काम यही महिनाभित्र करिब ५० प्रतिशत काम सकिने र बाकीँ काम अर्को बर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ काम तिब्र रुपमा अगाडि बढी रहेको छ । अबको केही दिनमा उक्त ठाउँमा जान ईच्छुक यात्रु उच्च मनोबलका साथ सहजरुपमा हिँड्न सक्नेछन् । लुङखुको महाशिला,कालीगण्डकी,सेतीबेणी र मिर्मि नजिकै पर्ने हुदाँ पर्यटकीय पदमार्गको पनि सम्भावना रहेको छ ।