१४ औ आहा राराको गोल्डकपमा अहिले सम्मकै धेरै बचत।

पोखरा २५ असार २०७३।
गत माघमा सम्पन्न १४ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट आयोजक सहारा क्लबले ३५ लाख २ हजार बचत गरेको छ । प्रतियोतामा ६२ लाख २२ हजार रुपैया खर्च, ९७ लाख २४ हजार आम्दानी गरेको छ खर्च कटाएर ३५ लाख २ हजार बचत गर्न सफल भएको अर्थ संकलन उप समिति संयोजक प्रकाश शेरचनले जानकारी दिए ।

शनिवार पोखरामा सार्वजनीक गर्ने कार्यक्रममा सबै भन्दा बढि ४९ लाख २६ हजार टिकट विक्रिबाट आम्दानी भएको शेरचरनले जानकारी दिए । प्रतियोगिता हेर्न ४४ हजार दर्शकले टिकट काटेका थिए । उनले प्रायोजकहरुबाट २७ लाख ३३ हजार, व्यान एवं आर्थिक सहयोगबाट २० लाख ५४ हजार आम्दानी भएको जानकारी दिए । टिकट विक्रिबाट फाइनल खेलमा २३ लाख ३१ हजार आम्दानी भएको उनले जानकारी दिए ।

क्लबले वर्षेनी आयोजना गरेको फुटबल प्रतियोगिताबाट बचत रकम सहारा फुटबल एकेडेमीमा खर्च गर्दैआएको छ । एकेडेमीमा हाल १६ जिल्लाका २७ जना विपन्न तथा कठिन वर्गका बालक आश्रित रहेको क्लब अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए । उनले प्रतियोगिताबाट वचत रकममध्ये १५ लाख रुपैयाँ सहारा क्लब अध्यक्षकोषमा जम्मा गरिने जानकारी दिए । उनका अनुसार अक्षयकोषमा हाल ७५ लाख बचत छ । आर्चायले यस वर्षको बचत अहिले सम्मकै धेरै भएको जानकारी दिए । उनले १३ औ आहारारा कपमा १७ लाख र १२ औ २८ लाख बचत भएकोमा यो वर्ष सबै भन्दा बढि बचत भएको बताए । उनले भूकम्प र नाकाबन्दीका हुदा पनि दर्शकले माया मान्दा आम्दानी बढि भएको जानकारी दिए ।
माघ ५ गते देखि १६ सम्म सञ्चालन भएको प्रतियोगितामा १२ टिमले सहभागीता जनाका थिए । कार्यक्रममा हिमश्री फुड्स प्रालिका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले क्लबसँग लामो समयदेखि सहकार्य गर्दैआएको बताउँदै क्लबको प्रगतिको कामना गरे । उनल आफ्नो शेषपछि पनि सहयोगको जिम्मा छोराहरुलाई छोड्ने प्रतिबद्धता जनाए । क्लबका पदाधिकारी एवं सदस्यको लगनशीलता, कार्यकुशलता र पारदर्शिता भएकोले सबैले सहयोग गर्दैआएको बताए । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरुङले पनि बोलेका थिए । सहारा क्लब पोखराका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष केशवबहादुर थापाले स्वागत र संचालन सचिव सुरेन्द्रबहादुर श्रेष्ठले गरेका थिए ।