हार्दिक आमन्त्रण

श्री पतला देवी युवा क्लबको २२औं बार्षिक उत्सव एवं विजयादशमी तथा शुभ–दिपावली २०७६को शुभ अवसरमा साविक अन्तरक्लब वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको साथमा विविध कार्यक्रमहरुको आयोजना गरिएको हुँदा तपसिलको मिति, समय र स्थानमा तपाइको क्लब मार्फत हभागिताको निम्ति हार्दिक आमन्त्रण गर्दछौं ।

भलिबल प्रतियोगिता
टिम दर्ता : अशोज २६ र २७ गते
उद्घाटन मिति : २०७६ अशोज २८ गते मंगलबार विहान १ बजे ।
स्थान : पतला देवी युवा क्लबको खेल मैदानमा
प्रवेश शुल्क : ५,०००/- दुइ टिमको लागि ६,०००/-
पुरस्कारहरु
प्रथम पुरस्कार    : नगद रु ६०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र
द्वित्तीय पुरस्कार   : नगद रु ४०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र
तृत्तीय पुरस्कार   : नगद रु २५,०००/-  ट्रफी, मेडल र प्रमाणपत्र
चौंथो पुरस्कार    : नगद रु १५, ०००/- ट्रफी, मेडल र प्रमाणपत्र 
अन्य पुरस्कार    : उत्कृष्ट, अनुशासित, डिफेन्डर, लिफ्टर, स्पाइकर (कप, मेडल र प्रमाणपत्र)

भेट्रान्स भलिबल
प्रवेश शुल्क रु.२,०००/-
प्रथम र द्वित्तीय पुरस्कार : खसी र पाठो, शिल्ड,मेडल र प्रमाणपत्र
(३५ बर्ष भन्दा माथिका उमेर समुहले सहभागिता जनाउन सकिने छ ।)

अन्य कार्यक्रमहरु

  •  रस्साकस्सी प्रतियोगिता
  • घैटो फुटाउने प्रतियोगिता

                 
प्रतियोगीता सम्बन्धि नियमहरु:

  • टिमलाई पोल तरिका बाट खेलाइनेछ । 
  • भलिबल खेलाडि संख्या ७ जना, टिम कोच र टिम म्यानेजर गरि ९ जना हुनुपर्नेछ ।  
  • सम्बन्धित संस्था भन्दा बाहिराको खेलाडीलाई खेलमा समावेश गरिएको खण्डमा आयोजक कमिटी जुनसुकै बेला उक्त खेलाडीको पहिचान गरि खेल बाट निष्कासन गरिनेछ । 
  • खेलाडी साथीहरु आफ्नो परिचय खुलाउने परिचय पत्र र पोशाक सहित उपस्थित हुनु पर्नेछ ।
  • अघिल्लो चरणमा खेल बेस्ट अफ थ्रीको नियम अनुसार खेलाइने छ । सेमी फाइनल र फाइनल राउण्डमा खेल बेस्ट अफ फाइभको नियम अनुसार खेलाइने छ । 
  • कुनै कारणवश या मौसम खराबिका कारण खेल रोकिन गएमा परिस्थिति अनुरुप खेल समय परिवर्तन गरिनेछ । 
  • प्रतियोगीता संग सम्बन्धित अन्य जानाकारिहरुका लागि क्लब परिवार संग सम्पर्क गर्न सक्नु हुने छ । यदि खेल सम्बन्धि कुनै विवाद परेमा आयोजक कमिटीको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
  • लागु पदार्थ वा माधक पदार्थ सेवन गरेका खेलाडीलाई खेलमा समावेस गरिने छैन ।


इक्षुक समुहले कार्यक्रम उद्घाटन अगावै टिम दर्ता गरि सक्नु पर्ने छ । सम्पर्कका लागि क्लब प्रतिनिधिहरुको सम्पर्क नम्बरः 9856000601, 9824238359 ।
थप जानकारीका लागि www.pdycpakhere.org.np Visit गर्नु होला ।