यसरी गरिदैँ छ भलिवल प्रतियोगिता २०७६को तिव्र तयारि ।

(मन गुरुङ) पतला देवी युवा क्लबको दोस्रो चरणको बैठक आज सम्पन्न भएको छ । क्लबको २२ औं बार्षिक उत्सव एवं बिजय दशमी तथा शुभ-दिपावलीको अवसरमा आगामी असोज २८ गत्ते बाट आयोजना गरिने साविक अन्तरक्लव वडा स्तरिय पुरुष भलिवल प्रतियोगिताको अनुमानित खर्च तथा आम्दानी विवरण तयार पारेको छ ।
आज बसेको दोस्रो चरणको बैठकले कार्यक्रमको अनुमानित खर्च २ लाख ७० हजार गरेको छ । सहभागी समुह, खान, खाजा तथा स्पोन्सर लगाएत विविन्न क्षेत्र बाट गरि ३ लाखको अनुमानित आम्दानी हुन सक्नेछ ।
क्लबले यस बर्ष प्रतियोगिता बाट बिजेता हुने समुहहरु मध्ये प्रथम, द्वित्तीय, तित्तिया र चौथो हुने समुहलाई क्रमस ६० हजार, ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । खेलमा सहभागी हुने समुह मध्ये एक समुहको प्रवेश शुल्क ५ हजार तोकिएको छ भने २ वटा समुहका ला
गि प्रवेश शुल्क ६ हजार तोकिएको छ । त्यस्तै २ वा २ भन्दा बढि समुहले सहभागिता जनाउन चाहेमा प्रत्येक समुहको १ हजार तिर्नु पर्ने निर्णय गरेको छ ।
साथै क्लबले यस बर्ष नयाँ विधा अन्तरगत भेट्रान्स भलिवललाइ पनि प्रतियोगितामा समावेस गरिने भएको छ । जसमा प्रथम र दित्तीय हुने भेट्रान्स समुहका लागि खसी र पाठो पुरस्कार प्रदान गरिने छ । त्यसिगरि रस्सा कस्सि, घैंटो फुटाउने लगाएतका प्रतियोगिताहरुलाइ समेत समावेस गरिएको छ ।
कार्यक्रममा विभिन्न सांस्कृतिक झलकहरु प्रदर्शन गरिने छ ।
क्लबको हिज भाद्र १७ गत्ते बसेको पहिलो चरणको बैठकले विविन्न उप-समितिहरु गठनका लागि प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव माथि छलफल गर्दै आज विभिन्न ११ उप-समितिहरु समेत गठन गरेको छ । जस मध्ये आर्थिक व्यवस्थान उप-समितिमा कृष्ण गुरुङ, खेल व्यवस्थान उपसमितिमा लिल बहादुर गुरुङ, सरसफाई उपसमितिमा कुमार गुरुङ, प्रचार-प्रसारमा मन गुरुङ, स्वयम सेवक व्याबस्थान उप-समितिमा लोकेन्द्र गुरुङ, बास व्यवस्थापन उप-समितिमा इन्द्र गुरङ लगाएतलाई चयन गरिएको छ ।

साथै बालमैत्री स्थानीय शासन रणनीति अन्तर्गत क्लबले कार्यक्रम अवधि भर लागु औषध तथा मध्यपान बेच विखन तथा सेवनमा रोक लगाउने भएको छ । आगामी असोज २६ र २७ गत्ते टिम दर्ता खुला गरिने छ भने, २८ गत्ते बाट संचालन हुने उक्त कार्यक्रम ७ दिन सम्म संचालन हुने छ ।