कवीता; तिमी गए पछि

- विवेक दुलाल क्षेत्री दमक
म लिओनार्दो दा भिन्ची भए
मनको शिशा कलमले
तिम्रा गाजलु आखाहरुलाइ
तिमी गए पछि पनि दुरस्तै बनाएर
धित मरुन्जेल हेरी रहन्थे ।
म पिकाशो भएको भए
तिम्रो दुध जस्तो सेतो अनुहारमा
यादै यादको क्यानभास भरेर
ममताको स्निग्ध रङ्ग थपी दिन्थे ।
म अरनिको भए
यात लैनशिन्ह बाङ्ग्देल भएको भए
म मनुजबाबु मिश्र भएको भए
या त उतम नेपाली
अथवा किरण मानन्धर भएको भए
मेरा चन्चलताका खल्यानहरु
खनी खोश्री गरेर तिमीलाइ
अर्को प्रतीमुर्तीमा
निर्माण गरि सकेको हुन्थे ।
काश!
म त भात पनि नपचाउने
साधारण विवेक न परे,
केहि गर्न सकिन देवी!
तिमी गयौ मेरो मुटूलाइ लिएर
म त एक्लो जिल्ली मात्र पो रहे
आकान्क्षाका अनमोल बगैचाहरुमा
मात्र तिमीलाइ सम्झदै !
दमक ,झापा
हाल ; अबुधाबी ,युएइ ।