लुटि रहेछु म बारम्बार तिम्रो शहर बाट।
उजाडिएको छ घरबार तिम्रो शहर बाट।
सिचाइ गरि जिन्दगी हराभरा नबनाउदै,
सुक्खा पार्यौ मेरो असार तिम्रो शहर बाट।
सुक्खा पार्यौ मेरो असार तिम्रो शहर बाट।
दुनियालाई डुबाएर, उथलपुथल पारेर,
बसाई सर्ने रैछ बजार तिम्रो शहर बाट।
बसाई सर्ने रैछ बजार तिम्रो शहर बाट।
बिना दोष मारिए, कयौं सोझ साझहरु,
कहिले हट्छ अहंकार तिम्रो शहर बाट।
कहिले हट्छ अहंकार तिम्रो शहर बाट।
कतिन्जेल हेरि रहुँ, हत्या हिंसा अत्यचार,
गर बरु मलाई उद्धार तिम्रो शहर बाट।
गर बरु मलाई उद्धार तिम्रो शहर बाट।
© मन गुरुङ माईला 2017
भिरकोट न.पा. ३ पखेरे स्याङ्जा
हाल: कुर्दिस्तान इराक
हाल: कुर्दिस्तान इराक