सहीद काला हुदैन सहीद गोरा हुदैन सहीद सहीद नै हुन राज्यले समान दृष्टी ले हेर्नु पर्दछ!

मोहन गुरुङ्को रिपोर्ट।
          आज सहिद दिवास देशभर बिभिन्न कार्यक्रम गरेर मनाऊने चलान छ। सरकारले आज सार्बजैनिक बिदा दिने गर्दछ। जहानिय राणा सासन र पञ्चयती बिरुद्धको आन्दोलनमा सहदात प्राप्त सहीद प्रति आज नेपाल र नेपालीले सम्झने गर्छन्। तर यहाँ गम्भिर प्रश्न उब्जेको छ सहीद हुन कुन चरण को आन्दोलन मा लागेर सहदात प्राप्त गर्ने लाई राज्यले सहीद स्वीकार गर्न मिल्ने वा नमिल्ने? तर यहां सहीद मात्र शुक्रराज, धर्मभक्त,दशरथ,गगांलाल लाई मात्र सहीद मान्ने किन? दश बर्षे जनयुद्ध को क्रममा राज्यबाट बिभत्स हत्य गरिएको नाबालक दिल बहादुर रम्तेललाई सहीद मान्ने कि नमान्ने? यो राज्य ले परिबर्तन को निमित्त सघर्ष गर्ने महान व्याक्तीत्व जो आज हामी माझ हुनुहुन्ऩ। उहाँहरुलाई किन बिभेद गर्ने? सहीद को ब्याख्य एउटै होईनन् र?

तर यहाँ सहीद प्रतिको दृष्टी फरक छ।
जहानिय राणाको बिरुद्धमा मारिने सहीद रे तर महान नेपाली जनताको लडाई जनयुद्धमा सहदात हुने महान सहीद जो सहीद होईनन् रे उनिहरुको बलीदान आज हामीले बिर्सदैछौं राज्यले सहीद लाई बिर्सन तल्लिन छ। आज त्यहि सहीदको रगत ले आज नेपालीहरुको भाग्य रेखा कोरिएको छ। चुलो चुउकोमा सिमीत महिला दिदी बहीनी आज राष्ट्पति,सभामुख तथा समाजिक काम,राजनैतिक,सघंसस्थामा सक्रिय लागेकाछन्।
आझ दलित भनेर हेरिने तल्लो जातको भनि क्षुद्र व्याबहार गर्ने ति सोसित पिडीत समुदायको आज राज्यको हरेक निकायमा समान उपस्थिती छ।
मन्दीर को म" देख्न नपाईने आज मन्दीरमा ब्रामह्ण सरह पुजापाठ गर्ने गर्छन्। पुर्खौं पुर्खा बिदेशी भुमिमा दास बनाएको आदीबासिजनजातीहरु आज राज्यको हरेक अगंमा समान प्रतिनिधित्व गरेकाछन्। राज्यको आभस नपाएको मुस्लिम सिमन्तकृत जाती बर्ग आज नेपाली जनताको भाग्यबिदता को रुपमा उभिएको छ, सघिंय लोकतान्त्रीक गणतन्त्रत्मक नेपाल आज सुनिस्चीत भएको छ.धार्मिक बिभेद को आन्त्य भएको छ, धर्म निरपेक्ष देश घोषणा भएको छ, सघिंयता सुनिस्चीत भएको छ। तर आज ति १० बर्षे महान जनयुद्धमा सहदात प्राप्त १४ हजार महान सहीद प्रती राज्यले उपेक्ष्या गरेको छ।
सहीदको बलीदान को उच्च कदर क साट्टो सहीदको अपमान गरेको छ।
हरेक नेपालीहरुको भबिस्य आज सहीदको रगत ले लेखिएको छ। तसर्थ सहीद ठुला हुदैनन् सहीद साना हुदैन,सहीद काला हुदैन सहीद गोरा हुदैन। न त सहीदको जात हुन्छ, न त सहीदको बर्ण हुन्छ। सहीद सहीद नै हुन समान हुन राज्यको निमित्त नेपाली जनताको निमित्त,तेसैले सहीद प्रतिको बिभेद अन्त्य गरौं सहीदले देखाएको बाटो अबलम्बन गरौं अब सहीदको समान सद्धा गरौं सम्झना मात्र होइन राज्यले सहीद प्रति अब फराकिलो दृष्टी बनाउनु पर्छ, महान सहिदहरु प्रती हार्दीक श्रद्धान्जली अर्पण गर्दछु!