समानुपातिक समाबेसिताको स सुन्न नचाहाने नेपाली काग्रेश.....

मोहन गुरुङ, स्याङ्जा।
यतीबेला नेपाली काग्रेश १३ औं महाधिबेसनको चटारो मा छ काग्रेशका नेता कार्यकर्ता लाई पनि भ्याई नभ्याई छ।
दिन भरी पार्टीको  बैठक रातभरी होटलको बन्द कोठामा गुट र उपगुट को बैठक यसरी नै काग्रेशका नेता कार्यकर्ता दिन काट्दैछन्। यता शुभचिन्तक समर्थकपनि यती बेला ढोका नाम्लो बिसाएर भेला सभामा सहभागी बन्दैछ। समानुपातिक समाबेसिता को चर्को अभ्यासको दौराणमा छ काग्रेश यतीबेला २००७ साल बाट काग्रेश पार्टी नेपालको मुख्य दलको रुपमा चिनिदै आईरहेका छन्।
धेरै पटक र नेपालकै ईतिहासमा राणा कालिन शाह बशिंय पछी को लामो सत्ता चलाएका दल हो नेपाली कग्रेश,समानुपातिक समाबेसिता यति बेला नेपाली काग्रेश ले नेता बन्ने भऱ्यागं को रुपमा प्रयोग गरेका जस कारण गुट उपगुट मजबुत र अझ ससक्त ढगंबाट झागीदै छ।
हिजो समानुपातिक समाबेसिता को स सुन्न नचाहाने काग्रेश आज पार्टी भित्र ठुलो आभ्यास गर्दैछन् तर तेसकारण हामीलाई प्रस्ट थाहा छ कि किन नेपाली काग्रेशले यो त्रुप फाल्दै छ भनेर आदीबासि जनजाति,महीला,मुस्लिम,सिमन्तकृत हकमा आज कोटा निरधारण गरेर आफु माथी पुग्ने  काम को आभ्यास के नै गरेका छन् र यती बेला।
सबींधान सभा भित्र समानुपातिक समाबेसिताको चर्को बिरोध गर्दै आईरहेका छन्,कुनै पनि हालत मा सबिधानमा सुनिस्चित हुन दिनुहुन्न भन्दै दलहरुबिच लबी गर्दै आईरहेका छन्।
तर बिडम्बना लामो समय ससस्त्र दन्द्धबाट आएको ए ने.क.पा माओबादीको कारण स्वीकार गर्न बाध्य हुन पऱ्यो।
२०५२ सालबाट यही सबिंधान सभाको निर्बाचन,समानुपातिक समाबेसिता,धर्मनिरपेछ,सघिंयता र गणतन्त्र सुनिस्च्ताको लागि १२ बर्ष भुमिगत भएका तत्कालिन ने.क.पा माओबादी ले यसै मुद्धा प्राप्तीको निम्ती १४ हजार नेपालि आमाको होनहार सपुतले बलिदानि गरेका छन्,५हजार  भन्दा धेरै नेपाली हरु आज बेपत्ता छन् हजारौ घाईते छन्।
तर यति बेला एजेण्डा अपहरण गरेका छन् र १३औं महाधिबेसन को भऱ्याग आदीबासी जनजाति,महीला,मुस्लिम र सिमन्तकृत बर्गलाई बनाएको छ।