मासुकोे चर्चा गर्नुअघि फ्याट अर्थात् चिल्लो पदार्थको वर्गीकरणवारे बुझ्न जरुरी छ । फ्याट दुई प्रकारका हुन्छन्, स्याचुरेटेड र अनस्याचुरेटेड । रसायनको मात्रा (केमिकल कम्पोजिसन) ले नै यसको निर्धारण गर्छ । स्याचुरेटेड फ्याट स्वास्थ्यका लागि हानिकारक हो भने अनस्याचुरेटेडले स्वास्थ्यलाई फाइदा गर्छ ।
खसी र राँगाको रातो मासुमा स्याचुरेटेड फ्याट बढी हुन्छ । बोसोलाई स्याचुरेटेड फ्याटको उदाहरण मान्न सकिन्छ । त्यसमा प्रोटिन पनि बढी हुन्छ । जनावरजन्य उत्पादन अर्थात् मासु, दूध लगायतमा यसको मात्रा ज्यादा हुन्छ । एउटा सामान्य व्यक्तिले पनि स्याचुरेटेड फ्याट भएको खाना धेरै प्रयोग गर्नु हुँदैन । बिरामीका लागि त यो झन् घातक हुन्छ ।
स्याचुरेटेड फ्याटयुक्त खानाले कोलेस्टेरोलको मात्रा बढाउँछ । कोलेस्टेरोलले मुटु तथा रक्तप्रवाहमा अवरोधलगायत समस्या हुन सक्छन् । खानामा स्याचुरेटेड फ्याटको मात्रा १० प्रतिशतभन्दा कम हुनुपर्छ ।
जुन खानामा स्याचुरेटेड फ्याट बढी छ, त्यसलाई सकेसम्म जोड नदिनु नै राम्रो विकल्प हो । मासुमा स्याचुरेटेड फ्याट बढी हुन्छ, तर सामान्य मानिसले त्यसकै आधारमा मासु खाँदिन भन्नु व्यावहारिक कुरा होइन । सर्वप्रथम व्यक्तिले आफ्नो स्वास्थ्यमा कोलेस्टेरोलको मात्रा कस्तो छ, त्यसबारे ध्यान पु¥याउन जरुरी छ । कोलेस्टेरोलको मात्रा नियन्त्रणमा छ भने केही बढी खान सकिन्छ तर यसको मात्रा बढेको छ भने मासुजन्य परिकारमा आफूलाई नियन्त्रित गर्न सक्नुपर्छ । जसले आफ्नो कोलेस्टेरोल परीक्षण गरेकै छैन, उसले आफ्नो कोलेस्टेरोल उच्च भएको अनुमान गरी सोही अनुसार खानाको योजना बनाउनुपर्छ ।
मासु खाँदा स्याचुरेटेड फ्याटलाई कसरी घटाउने ? त्यसतर्फ पनि ध्यान दिन जरुरी हुन्छ । एक, यसमा फ्याट र प्रोटिन बढी हुने कारणले क्यालोरी पनि बढी हुन्छ । क्यालोरी बढी भएकै कारण मोटोपन बढ्ने हो । दुई, फ्याटकै कारण कोलेस्टेरोल बढ्ने समस्या पनि उत्तिकै रहन्छ । युरिक एसिडको समस्या हुनेका लागि मासुमा पाइने प्रोटिन पनि समस्या हुन सक्छ । मिर्गौलासम्बन्धी रोगीले पनि बढी प्रोटिन हुने परिकार खान मिल्दैन । यीबाहेक सामान्य मानिसका लागि भने उच्च प्रोटिनयुक्त खाना राम्रो कुरा हो । क्यालोरी अनुसारको शारीरिक परिश्रम गर्ने व्यक्तिले मासु सहजै पचाउन सक्छन् । तर, मासुका कारण शरिरमा जाने स्याचुरेटेड फ्याटले खराब कोलेस्टेरोल बढाउँछ ।
हाम्रो खानामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ हुन्छन् । सँगसँगै भिटामिन, लवण र फाइबर पनि जोडिन आ“उछन् । मासुमा कार्बोहाइड्रेट कम हुन्छ, तर प्रोटिन बढी हुन्छ । स्याचुरेटेड फ्याटले खराब कोलेस्टेरोल बनाउँछ भने अनस्याचुरेटेडले राम्रो कोलेस्टेरोल बनाउँछ ।
खसी र माछाको मासु तुलना गरौँ । माछामा अनस्याचुरेटेड फ्याट बढी र स्याचुरेटेड फ्याट एकदमै कम हुन्छ । खसीमा भने ठीक उल्टो हुन्छ । खसीले ब्याड र माछाले गुड कोलेस्टेरोल बढाउँछ । त्यसैले हामी खराब कोलेस्टेरोल बढाउने खानाप्रति निकै सचेत हुनुपर्छ । माछा र खसीमै तुलना गर्दा स्वास्थ्यका लागि माछा उपयुक्त देखिन्छ । तर, स्वादका लागि सबैले खसी नै छान्ने गर्छन् । यसमा हाम्रो खाद्य बानीले पनि भूमिका खेलेको हुन्छ ।
कोलेस्टेरोल, मोटोपन, युरिक एसिड र ग्यास्ट्रिकको समस्या हुनेले मासुको प्रयोग कम र ज्यादा होसियारीपूर्वक गर्नुपर्छ । खसी वा अरू रातो मासुभन्दा कुखुराको मासु राम्रो हो । धेरैमा यसले कोलेस्टेरोल बढाउँदैन भन्ने भ्रम छ । तर, यथार्थमा जुनसुकै जनावरजन्य उत्पादनले कोलेस्टेरोल बढाउँछ । खसीभन्दा माछा राम्रो हो । तर, त्यसलाई पनि तेलमा ज्यादा पकाएर खानुको साटो माइक्रोओभनमा ‘ग्रिल’ गरेर खानु राम्रो हो । स्वास्थ्यकर मासु पनि पकाउने विधि सही भएन भने अस्वास्थ्यकर हुने खतरा रहन्छ ।
Filled Under: विविध जानकारी
डा. ओममूर्ति अनिलको सल्लाह– ‘मासु खानु अघि यति कुरा जान्नुहोस्’
Socialize It →
|
|
Popular Posts
-
गुरुङ जातिहरुको सवैभन्दा ठुलो चाड तमु ल्होसार हो । गुरुङ भाषामा ल्होसार भन्नाले नयाँ वर्ष बुझिन्छ भने तमु शब्दले गुरूङ समुदायलाई जनाउँदछ ।...
-
श्री पतला देवी युवा क्लबको २२औं बार्षिक उत्सव एवं विजयादशमी तथा शुभ–दिपावली २०७६को शुभ अवसरमा साविक अन्तरक्लब वडास्तरीय पुरुष भलिबल प्रतियो...
-
- विवेक दुलाल क्षेत्री दमक म लिओनार्दो दा भिन्ची भए मनको शिशा कलमले तिम्रा गाजलु आखाहरुलाइ तिमी गए पछि पनि दुरस्तै बनाएर धित मरुन्जेल हे...
-
मन गुरुङ्ग, १२ साउन, भीरकोट। दुवै मिर्गौला फेल भै विगत दुइ बर्ष देखि पोखराको गण्डकी मेडिकल कलेजमा उपचारत लीलबहादुर गुरुङ्गलाई आर्थिक सह...
-
नेपालको पश्चिमाञ्चल क्षेत्र, गण्डकी अन्चल, स्याङ्जा जिल्ला, भिरकोट नगरपालिका, वडा नं॰ ३ अन्तर्गत पर्ने यौटा सुन्दर गाउ हो पखेरे । ५...
-
भीरकोट, चैत्र १५, मन गुरुङ । आँधीखोला पिस युथ क्लब बयरघारीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सेनिटाइजर, सावु...
-
माधब पराजुली, पर्वत, २०७३ असार १७ । गाउँ गाउँसम्म सानो सानो बाटो खन्न पनि डोजर र स्काइभेटरजस्ता आधुनिक प्रविधि प्रयोग भइरहेको बेल...
-
सरकार र जिएमआर कम्पनी बिच १९ सेप्टेम्बर २०१४ मा हस्ताक्षर भएको माथिल्लो कर्णालीको पिडिएमा रहेका केहि राष्ट्र घाती बुँदाहरु : १. सन् १९८९ डि...
-
भीरकोट, चैत्र २३, मन गुरुङ । आँधिखोला पिस युथ क्लब बयारघारीले भीरकोट नगरपालिकाको कार्यालयलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । नगरपा...
-
मोहन गुरुङ स्याङ्जा पौष २२। भिरकोट नगरपालीकाको योजना तर्जु गोस्ठी सम्पन्न भएको छ। आ.ब ७३/७४ को लागी साबिक गा.बिस ढापुकको साना ठुला र महत्व...
Labels
Recent
Recent