ए. ने.क. पा. (माओबादी)स्याङ्जाका गुरूङ् नेताले पार्टी परीत्याग गरे

ए ने क पा माओबादी स्याङ्जा का युबा नेता   मोहन गुरूङ् ले माओबादी पार्टी ले सबिंधान निर्माण सगै।जातीय पहीचानको नारालाई तिलन्जली दिएको भन्दै पार्टी परीत्यागको घोषणा गरेका छन्।आज स्याङ्जामा प्रेस बिज्ञप्ती जारी गर्दै  गुरूङले हीजो माओबादी पार्टी आदीबासी जनजाती,महीला,दलीत,सिमन्तकृतजाती,मुस्लीम,पिछाडीएको बर्गको मुद्धा पुर्णरूपले सम्बोधन गर्न नसक्दै पार्टीले शान्ती प्रकृय यता सबै उत्पीडीत जातीको मुद्धा छोड्दै आएको कारणले तेस पार्टीमा रहनुको कुनै औचित्य नरहेकोले आफूले पार्टी छोड्न बाध्य भएको बताएका छन्।उत्पीडीत जाती समुदायलाई मुक्ती र अधीकारको ललीपप देखाएर दश बर्षको जनयुद्ध गरेकोको प्रचण्ड लगाएत माओबादी नेता कार्यकर्ता यतीबेला ब्याक्तीगत स्वार्थमा लागेको कारणले देश र जनताको लागी सिन्को भाच्न नसक्ने अवस्थामा पुगेको कारणले आफुले तेस पार्टीमा रहेर काम गर्न सक्ने अवस्था नरहेको बताउनू भयो।दन्दकाल मा बिधार्थी सगंठनबाट जोडीदै आएको गूरूङ् निरन्तर 13 बर्ष प्रचण्डको अन्धभक्त भएरै पार्टीमा काम गर्दै आएका हुन।