PDYC Agro Tour 2075

PDYC Agro tour 2075. Organized by Patala Devi Yout Club and Bala Kanya Devi Aama Samuha Bheerkot-8, Pakhere

भीरकोट नगरपालिका उपप्रमुख सिमा केसी।

साविक अन्तरक्लब वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता २०७५ को समापन समारोहमा भीरकोट नगरपालिकाका नगर उपप्रमुख सिमा केसी ज्यू ।

नियमित गतिविधिहरु

लकडाउनको अभावलाई मध्यनजर गर्दै आँधिखोला पिस युवा क्लब ।

भीरकोट, चैत्र २३, मन गुरुङ । आँधिखोला पिस युथ क्लब बयारघारीले भीरकोट नगरपालिकाको कार्यालयलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै क्लबका अध्यक्ष राज कुमार गुरुङ्गले खाद्यान्न सामाग्रीहरु नुन, दाल र चामल हस्तान्तरण गरिएको हो ।

भीरकोट नगरपालिका भित्र रहेका अति न्यूनवर्गीय परिवारहरुका लागि राहात स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरेको अध्यक्ष गुरुङ्गले बताउनु भयो । दैनिक ज्याल मजदुरी गर्ने परिवारका लागि लकडाउनले पारेको प्रभावलाई मध्यनजर गर्दै क्लबले नेपाल सरकारको निर्देशन अनुरुप नगरपालिकामा हस्तान्तरण गरेका हौँ  -उहाँले भन्नु भयो ।  खाद्यान्न सामाग्री वितरण गर्ने क्लबको योजनामा साथ दिदै देश तथा विदेशमा रहनु हुनेले समेत आर्थिक सहयोग गरेको उहाँले उल्लेख गर्नु भयो ।

उक्त सामाग्री  ग्रहण गर्दै नगरप्रमुख छायाराम खनाल एवं प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेलले उक्त सामाग्री यथाशिघ्र सम्बन्धित परीवारलाइ वितरण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । क्लबले प्रत्येक परिवारको लागि १० किलो चामल, १ किलो नुन र १ किलो दाल गरि ५० परिवारका लागि खाद्यान्न सामाग्री हस्तान्त्रण गरेको छ ।

यसअघि क्लबले स्याङ्गजा जिल्ला कारागारमा २०० पिस मास्क वितरण एवं  भीरकोट नगरपालिकाको कार्यालयलाई ७ लिटर सेनिटाइजर र १०० थान मास्क हस्तान्तरण गरेको थियो । त्यस्तै कोरोना भाइरसको रोकथामका लागि भीरकोट नगरपालिका वार्ड न. ८ को टोलटोलमा पुगेर सेनिटाइजर, सावुन तथा मास्क वितरण सहित सचेतना कार्यक्रमको आयोजना समेत गरेको थियो ।

कार्यक्रममा क्लबका उपाध्यक्ष बिश्वास कर्माचार्य, भीरकोट जेसिज् बर्ष २०२० का वरिष्ठ उपाध्यक्ष प्रसुन मगर, क्लबका सह-कोषाध्यक्ष सुजाता गुरुङ सहित नगरपालिकाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।


भीरकोटमा क्लबले गर्यो सेनिटाइजर वितरण तथा सचेतना कार्यक्रम ।

भीरकोट, चैत्र १५, मन गुरुङ ।  आँधीखोला पिस युथ क्लब बयरघारीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सेनिटाइजर, सावुन तथा मास्क वितरण सहित सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कोरोना भाइरस (COVID-19) बाट आफु पनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने नारा सहित शनिवार भिरकोट नगरपालिका वार्ड न. ८ को विभिन्न टोलमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा वितरित सामाग्री ग्रहण गर्दै जनएकता युवा क्लबका अध्यक्ष धन बहादुर गुरुङ्गले सिंगो समाज प्रतिको सह्रानीय कार्य गरेकोमा क्लब प्रति आभार प्रकट गर्नु भयो । दुर्गम भेगमा रहेका न्युनवर्गिय परिवारलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रमलाई नगरपालिकाले विशेष सहयोग गरेको थियो ।

नेपाल तरुणदल भीरकोट एवं आँधीखोला पिस युथ क्लब बयरघारीका अध्यक्ष युवा समाजसेवी राज कुमार गुरुङ्गको संयोजकत्वमा आयोजित कार्यक्रममा क्लबका सचिव सुस्मिता गुरुङ्ग, भीरकोट जेसिज बर्ष २०२० का वरिष्ठ उपाध्यक्ष प्रसुन मगर, युवा व्यवसायी भुवन सिंह गुरुङ्ग र पतलादेवी यूवा क्लब पखेरेका उपाध्यक्ष मन प्रसाद गुरुङ्गले कार्यक्रममा सहजीकरण  गरेका थिए ।

कार्यक्रम बीच बोल्दै संयोजक राज कुमार गुरुङ्गले विश्वभर महामारीको रुपमा फैली रहेको कोरोना भाइरस प्रति केहि सरकार पक्षका व्यक्तित्वहरु नै सजग नभएको प्रति दुख व्यक्त गर्नु भयो । पछिल्लो समय इटालीमा भैरहेको विषम परिस्थितिको स्मरण गर्दै भोलि नेपालमा पनि  त्यस्तै रुप लियो भने हाम्रो के हाल होला? तसर्थ आजै बाट सबै सजग बनौं, -उहाँले भन्नु भयो ।  आज आयोजित उक्त कार्यक्रम बाट वार्ड नम्बर ८ मा रहेका १५ सय भन्दा बढि घरधुरी लाभ्वान्वित हुनेमा विश्वस्त रहेको उहाँले बताउनु भयो ।  उहाँ भीरकोट जेसिज बर्ष २०२० का कानुनी सल्लाहाकार एवं भीरकोट उद्योग बाणिज्य संघ बयरघारीका सदस्य समेत हुनुहुन्छ ।

यसअघि गत विहिबार क्लबले नगरपालिकाको कार्यालयलाई ७ लिटर सेनिटाइजर र १०० थान मास्क हस्तान्तरण गरेको थियो ।





हार्दिक आमन्त्रण

श्री पतला देवी युवा क्लबको २२औं बार्षिक उत्सव एवं विजयादशमी तथा शुभ–दिपावली २०७६को शुभ अवसरमा साविक अन्तरक्लब वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको साथमा विविध कार्यक्रमहरुको आयोजना गरिएको हुँदा तपसिलको मिति, समय र स्थानमा तपाइको क्लब मार्फत हभागिताको निम्ति हार्दिक आमन्त्रण गर्दछौं ।

भलिबल प्रतियोगिता
टिम दर्ता : अशोज २६ र २७ गते
उद्घाटन मिति : २०७६ अशोज २८ गते मंगलबार विहान १ बजे ।
स्थान : पतला देवी युवा क्लबको खेल मैदानमा
प्रवेश शुल्क : ५,०००/- दुइ टिमको लागि ६,०००/-
पुरस्कारहरु
प्रथम पुरस्कार    : नगद रु ६०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र
द्वित्तीय पुरस्कार   : नगद रु ४०,०००/- ट्रफी, मेडल र प्रमाणपत्र
तृत्तीय पुरस्कार   : नगद रु २५,०००/-  ट्रफी, मेडल र प्रमाणपत्र
चौंथो पुरस्कार    : नगद रु १५, ०००/- ट्रफी, मेडल र प्रमाणपत्र 
अन्य पुरस्कार    : उत्कृष्ट, अनुशासित, डिफेन्डर, लिफ्टर, स्पाइकर (कप, मेडल र प्रमाणपत्र)

भेट्रान्स भलिबल
प्रवेश शुल्क रु.२,०००/-
प्रथम र द्वित्तीय पुरस्कार : खसी र पाठो, शिल्ड,मेडल र प्रमाणपत्र
(३५ बर्ष भन्दा माथिका उमेर समुहले सहभागिता जनाउन सकिने छ ।)

अन्य कार्यक्रमहरु

  •  रस्साकस्सी प्रतियोगिता
  • घैटो फुटाउने प्रतियोगिता

                 
प्रतियोगीता सम्बन्धि नियमहरु:

  • टिमलाई पोल तरिका बाट खेलाइनेछ । 
  • भलिबल खेलाडि संख्या ७ जना, टिम कोच र टिम म्यानेजर गरि ९ जना हुनुपर्नेछ ।  
  • सम्बन्धित संस्था भन्दा बाहिराको खेलाडीलाई खेलमा समावेश गरिएको खण्डमा आयोजक कमिटी जुनसुकै बेला उक्त खेलाडीको पहिचान गरि खेल बाट निष्कासन गरिनेछ । 
  • खेलाडी साथीहरु आफ्नो परिचय खुलाउने परिचय पत्र र पोशाक सहित उपस्थित हुनु पर्नेछ ।
  • अघिल्लो चरणमा खेल बेस्ट अफ थ्रीको नियम अनुसार खेलाइने छ । सेमी फाइनल र फाइनल राउण्डमा खेल बेस्ट अफ फाइभको नियम अनुसार खेलाइने छ । 
  • कुनै कारणवश या मौसम खराबिका कारण खेल रोकिन गएमा परिस्थिति अनुरुप खेल समय परिवर्तन गरिनेछ । 
  • प्रतियोगीता संग सम्बन्धित अन्य जानाकारिहरुका लागि क्लब परिवार संग सम्पर्क गर्न सक्नु हुने छ । यदि खेल सम्बन्धि कुनै विवाद परेमा आयोजक कमिटीको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
  • लागु पदार्थ वा माधक पदार्थ सेवन गरेका खेलाडीलाई खेलमा समावेस गरिने छैन ।


इक्षुक समुहले कार्यक्रम उद्घाटन अगावै टिम दर्ता गरि सक्नु पर्ने छ । सम्पर्कका लागि क्लब प्रतिनिधिहरुको सम्पर्क नम्बरः 9856000601, 9824238359 ।
थप जानकारीका लागि www.pdycpakhere.org.np Visit गर्नु होला ।



यसरी गरिदैँ छ भलिवल प्रतियोगिता २०७६को तिव्र तयारि ।

(मन गुरुङ) पतला देवी युवा क्लबको दोस्रो चरणको बैठक आज सम्पन्न भएको छ । क्लबको २२ औं बार्षिक उत्सव एवं बिजय दशमी तथा शुभ-दिपावलीको अवसरमा आगामी असोज २८ गत्ते बाट आयोजना गरिने साविक अन्तरक्लव वडा स्तरिय पुरुष भलिवल प्रतियोगिताको अनुमानित खर्च तथा आम्दानी विवरण तयार पारेको छ ।
आज बसेको दोस्रो चरणको बैठकले कार्यक्रमको अनुमानित खर्च २ लाख ७० हजार गरेको छ । सहभागी समुह, खान, खाजा तथा स्पोन्सर लगाएत विविन्न क्षेत्र बाट गरि ३ लाखको अनुमानित आम्दानी हुन सक्नेछ ।
क्लबले यस बर्ष प्रतियोगिता बाट बिजेता हुने समुहहरु मध्ये प्रथम, द्वित्तीय, तित्तिया र चौथो हुने समुहलाई क्रमस ६० हजार, ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । खेलमा सहभागी हुने समुह मध्ये एक समुहको प्रवेश शुल्क ५ हजार तोकिएको छ भने २ वटा समुहका ला
गि प्रवेश शुल्क ६ हजार तोकिएको छ । त्यस्तै २ वा २ भन्दा बढि समुहले सहभागिता जनाउन चाहेमा प्रत्येक समुहको १ हजार तिर्नु पर्ने निर्णय गरेको छ ।
साथै क्लबले यस बर्ष नयाँ विधा अन्तरगत भेट्रान्स भलिवललाइ पनि प्रतियोगितामा समावेस गरिने भएको छ । जसमा प्रथम र दित्तीय हुने भेट्रान्स समुहका लागि खसी र पाठो पुरस्कार प्रदान गरिने छ । त्यसिगरि रस्सा कस्सि, घैंटो फुटाउने लगाएतका प्रतियोगिताहरुलाइ समेत समावेस गरिएको छ ।
कार्यक्रममा विभिन्न सांस्कृतिक झलकहरु प्रदर्शन गरिने छ ।
क्लबको हिज भाद्र १७ गत्ते बसेको पहिलो चरणको बैठकले विविन्न उप-समितिहरु गठनका लागि प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव माथि छलफल गर्दै आज विभिन्न ११ उप-समितिहरु समेत गठन गरेको छ । जस मध्ये आर्थिक व्यवस्थान उप-समितिमा कृष्ण गुरुङ, खेल व्यवस्थान उपसमितिमा लिल बहादुर गुरुङ, सरसफाई उपसमितिमा कुमार गुरुङ, प्रचार-प्रसारमा मन गुरुङ, स्वयम सेवक व्याबस्थान उप-समितिमा लोकेन्द्र गुरुङ, बास व्यवस्थापन उप-समितिमा इन्द्र गुरङ लगाएतलाई चयन गरिएको छ ।

साथै बालमैत्री स्थानीय शासन रणनीति अन्तर्गत क्लबले कार्यक्रम अवधि भर लागु औषध तथा मध्यपान बेच विखन तथा सेवनमा रोक लगाउने भएको छ । आगामी असोज २६ र २७ गत्ते टिम दर्ता खुला गरिने छ भने, २८ गत्ते बाट संचालन हुने उक्त कार्यक्रम ७ दिन सम्म संचालन हुने छ ।