२७, पौष ,स्याङ्जा। राष्ट्रका लागी खेलकुद, स्वास्थ्य का लागी खेलकुद भन्ने मुल नाराका साथ् माघे संक्रान्तिको अवसरमा नब प्रभात युवा क्लब चिलाउने खर्कले अन्तरक्लब वडा स्तरिय भलिबल प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ।
नब प्रभात युवा क्लबका अध्यक्ष प्रसुन मगरले स्थानिय स्तर मा खेलाडी उत्पादन तथा युवा हरुलाइ संगठित गर्ने साथसाथै मगर संस्कृति जोगाइ राख्ने उदेश्यले प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । स्थानिय क्षेत्र मा आयोजना गरिएको सो प्रतियोगिता मा सबैले साथ दिन समेत उहाले आग्रह गर्नुभयो ।
नब प्रभात युवा क्लबको खेलमैदान मा आयोजना गरिएको सो प्रतियोगिता मा प्रथम हुने टिमले नगद ३५ हजार ५ सय ५५ , दोस्रो हुने ले २२ हजार २ सय २२, तेस्रो हुने ले ११ हजार १ शय ११ तथा सान्त्वना हुने टिमले ६ हजार ६ शय ६६ सहित शिल्ड मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत रुपमा उत्कृष्ठ खेलाडी हरुलाइ पनि पुरस्कृत गरिने बताइएको छ ।
माघ १ गते देखि ९ गते सम्म संचालन हुने उक्त कार्यक्रम नेपाल मगर संघका केन्द्रिय समितिको पूर्व महा सचिव सुरेन्द्र थापा मगरले सामुद्घाटन गर्नुहुने बताइएको छ ।
