मानिस दुई हिसाबले रुन्छन् । एउटा खुशीमा र अर्को दुःखमा । तर, सामान्यतः रुन कसैलाई पनि मन पर्दैन । तर, डाक्टरको भनाई मान्ने हो भने मानिसले बेलाबेलामा रुनु पनि पर्छ । रुनु स्वास्थ्यका लागि लाभदायी मानिन्छ, विशेषगरी आँखाका लागि । रुँदा आँखा चम्किलो हुन्छ । जसरी हाँस्नु मानिसका लागि स्वस्थकर मानिन्छ, त्यसैगरी, रुँदा मन हल्का हुनेमात्र नभई स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । मेडिकल युनिभर्सिटी अफ ओहियोले गरेको अनुसन्धानलाई मान्ने हो भने रुँदा शरीर पनि हल्का हुन्छ । दुःखलाई लुकाएर राख्नुभन्दा त्यसलाई बाहिर निकाल्नु नै श्रेयस्कर हुन्छ । भावनात्मक, शारीरिक र सार्वभौमिक रुपमा व्यक्तिको आँखाबाट आँसु निस्कन्छ । रुँदा के–के फाइदा हुन्छ, हेरौं है त । आँखा चम्किलो हुन्छ : आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहनु पाउँदैंन । यदि आँसु आएन भने र सुख्खा रह्यो भने दृष्टि समस्या हुन सक्छ । किटाणु समाप्त हुन्छ : आँसुमा लिसोजाइमक नामक तरल पदार्थ हुन्छ, जसले ५ देखि १० मिनेटमा ९५ प्रतिशतसम्म ब्याक्टेरिया अर्थात् किटाणु हटाइदिन्छ । विषाक्त पदार्थ बाहिर निकाल्छ : जब दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् । मूड राम्रो हुन्छ : शरीरमा म्याग्नीज बढी हुँदा घबराहट, उल्झन्, थकाई, रिसजस्ता समस्या आउँछन् । रुनाले शरीरमा म्याग्नीजको स्तर कम हुन्छ, जसबाट मूड राम्रो हुन्छ र मानिसले हल्का महसुस गर्छन् । तनाव कम हुन्छ : अत्यन्त तनाव महसुस गरिरहेका बेला रुने हो भने तनाव कम भएको महसुस गर्न सकिन्छ । रुँदा शरीरमा एन्डोर्फिन, ल्युकाइन–एन्काफालिन तथा प्रोल्याक्टिन नामक तत्वको स्तर कम हुन्छ, जसबाट तनाव पनि कम हुन्छ ।
Filled Under: विविध जानकारी
रुनुको फाईदा।
Socialize It →
|
|
Popular Posts
-
गुरुङ जातिहरुको सवैभन्दा ठुलो चाड तमु ल्होसार हो । गुरुङ भाषामा ल्होसार भन्नाले नयाँ वर्ष बुझिन्छ भने तमु शब्दले गुरूङ समुदायलाई जनाउँदछ ।...
-
श्री पतला देवी युवा क्लबको २२औं बार्षिक उत्सव एवं विजयादशमी तथा शुभ–दिपावली २०७६को शुभ अवसरमा साविक अन्तरक्लब वडास्तरीय पुरुष भलिबल प्रतियो...
-
- विवेक दुलाल क्षेत्री दमक म लिओनार्दो दा भिन्ची भए मनको शिशा कलमले तिम्रा गाजलु आखाहरुलाइ तिमी गए पछि पनि दुरस्तै बनाएर धित मरुन्जेल हे...
-
मन गुरुङ्ग, १२ साउन, भीरकोट। दुवै मिर्गौला फेल भै विगत दुइ बर्ष देखि पोखराको गण्डकी मेडिकल कलेजमा उपचारत लीलबहादुर गुरुङ्गलाई आर्थिक सह...
-
नेपालको पश्चिमाञ्चल क्षेत्र, गण्डकी अन्चल, स्याङ्जा जिल्ला, भिरकोट नगरपालिका, वडा नं॰ ३ अन्तर्गत पर्ने यौटा सुन्दर गाउ हो पखेरे । ५...
-
भीरकोट, चैत्र १५, मन गुरुङ । आँधीखोला पिस युथ क्लब बयरघारीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सेनिटाइजर, सावु...
-
माधब पराजुली, पर्वत, २०७३ असार १७ । गाउँ गाउँसम्म सानो सानो बाटो खन्न पनि डोजर र स्काइभेटरजस्ता आधुनिक प्रविधि प्रयोग भइरहेको बेल...
-
सरकार र जिएमआर कम्पनी बिच १९ सेप्टेम्बर २०१४ मा हस्ताक्षर भएको माथिल्लो कर्णालीको पिडिएमा रहेका केहि राष्ट्र घाती बुँदाहरु : १. सन् १९८९ डि...
-
भीरकोट, चैत्र २३, मन गुरुङ । आँधिखोला पिस युथ क्लब बयारघारीले भीरकोट नगरपालिकाको कार्यालयलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । नगरपा...
-
मोहन गुरुङ स्याङ्जा पौष २२। भिरकोट नगरपालीकाको योजना तर्जु गोस्ठी सम्पन्न भएको छ। आ.ब ७३/७४ को लागी साबिक गा.बिस ढापुकको साना ठुला र महत्व...
Labels
Recent
Recent