समाज भित्र

सायद उ अलिक नशाले ग्रस्त थियो होला-मेरो अनुमान।
लर्खरिदै लर्बरिदै भन्दै थियो मलाई सबैले पुज्नु पर्छ, तिमीहरुको राजा म हुँ, तिमीहरु भन्दा धेरै अगाडि म छु, मैले चाहे भने पहाड पनि समतल हुन्छ यस्तै यस्तै- तर उस्ले कुनै नशालु पदार्थ पिएको थिएन।
मैले सुनी रहेको थिएँ उस्को प्रतेक शब्दहरु, नियाली रहेको थिएँ उस्को हरेक गतिबिधीहरु।
मनमनै लागेको थियो यो जगतमा कस्ता कस्ता मान्छे भेटिन्छन् सृष्टि कर्ताले किन बनाए होलान् मानिसमा क्रोध, आक्रोश, रिस, डाहा। 
फेरि सोच्थे हैन यो समय संग संघर्ष गर्नको निम्ति होला। यी मान्छेहरुमा यति फरक फरक सोचाई बनाई दिएको।
आज भोलि पनि भेटिन्छन् हाम्रो समाजमा, जो अरु भन्दा अलिक फरक हुन्छ, अलि धनी मान सम्मान बेग्लै भएको मान्छे। समाजमा भएको सबैले उस्लाई पुकारुन्, पुजुन, हरेक गतिविधिमा आफ्नै पहिलो प्राथमिकता होस् भन्ने सोचाई भएको मान्छे।
तर अब हैन, हुदैन र रहदैनन् त्यस्ता व्यक्ती। किनकी यूग बदलिदो छ। अब कोहि व्यक्ती अरुको धम्कीमा त्राशीत भएर बस्ने छैनन्। सबैको चलाउन सक्ने पाखुरा छ। सोच्न सक्ने दिमाग, हेर्न-देख्न सक्ने आँखा छ, सुन्न सक्ने कान र हिड्न सक्ने खुट्टा छ। झुक्नु पर्दैन कसैको पैताला मुनि, शिर निहुराउनु पर्दैन कोहि नाथेको सामु। यति हो समय संग सम्झौता गर्नु हुदैन संघर्ष गरेर अघि बढ्नु पर्छ।
अनेक सपना अनेक सोचाई, बाधा अड्चना अनेक उतारचढावका कारण मेरो दिन कहिल्यै आउदैन। यो कहिल्यै नठान्नु बस धैर्यताको नितान्त आवस्यक छ। सफलता सबैले हात पार्नेछन् फरक यति हो
कोहि ढिलो कोहि चाडो।
©PDYC Pakhere 2015-Feb.-07